काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले साउन १ गतेदेखि मर्जरका नाममा सेयर कारोबार रोक्का नहुने उद्घोष गरेका छन् । बोर्डमा आयोजित पत्रकार सम्मेलनमा हमालले नीति नियममा आवश्यक परिमार्जन गरेर साउनदेखि नै मर्जरका नाममा कारोबार रोक्का हुने व्यवस्था अन्त्य गर्ने दाबी गरेका हुन् ।
बोर्ड पुँजी बजारको नियामक निकाय हो । पछिल्लो केही वर्षयता मर्जरका कारण लाखौं लगानीकर्ताको लगानी फ्रिज हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्