काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आन्दोलनरत लगानीकर्ताको माग पुरा गर्न सकारात्मक देखिएका छन् । मंगलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूमात्रै नभएर अर्थ मन्त्रालय पनि अनसनसम्म बसिरहेका आन्दोलनरत लगानीकर्ताको पक्षमा रहेको दाबी गरे ।
उनले वार्ता टोलि बनाएर प्रतिवद्धता गरिरहनु भन्दा कार्यान्वयन गर्न सक्ने मागहरुको कार्यान्वनय समय तालिका बनाइहाल्ने दाबी गरे । उनले कतिपय माग कार्यान्वनय गर्न सकिने भन्दै लगानीकर्ताको जायज माग ढिलामा ३ महिनाभित्र पुरा हुने बताए ।
एसएमई प्लेटफर्म भदौदेखि लागू हुने, २४ स्थानमा ब्रोकरको शाखा स्थापना गरिने भन्दै हमालले मर्ज प्राप्तिमा सेयर रोक्का नीति परिमार्जनको लागि राष्ट्र बैंकलाई विनियमावाली संशोधन गर्न लगाउने सम्मको काम हुने बताए । उनले दीर्घकालीन लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर छुटको लागि अर्थ मन्त्रालयमा कुरा भइरहेको पनि बताए ।
हमालले अनसन सम्म बसिरहेका लगानीकर्तालाई आन्दोलनको कार्यक्रम टुंगाउने अनुरोध गरे । जेठ २३ देखि लगानीकर्ता नीतिगत तथा संरचनागत सुधारका लागि आन्दोलनरत छन् भने लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्