Shikhar Insurance
National Life

बजेट भाषणपछि नेप्से तेस्रोपल्ट हरियो, ३ कम्पनीमा पोजिटिभ सर्किट लागेको दिन फर्किने संकेत गरेको हो ?

सिंहदरबार संवाददाता
२०७९ असार ७, मंगलवार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । लामो समयदेखि निरन्तर घटिरहेको नेप्से परिसूचकमा आज (असार ७ गते) भने हरियाली छाएको छ । ३१९९ को विन्दुबाट घटेर १८८४ को विन्दुमा आएको नेप्से परिसूचक आज फर्किएको हो ।
सेयर बजार विकास र सुधारका लागि भन्दै लगानीकर्ताहरु आमरण अनसन बसेको आज सातौं दिन बितेको छ । लगानीकर्ता आन्दोलनरत रहेका बेला नेप्सेमा दोहोरो अंकले सुधार आएको हो ।

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ३७.४९अंकले बढेर १९ सय २२ दशमलब ३० को विन्दुमा बन्द भएको छ । तेसैगरी ठुला कम्पनीको सेयर कारोबार मापक सेन्सिटिभ इन्डेक्स ८.१८ अंकले बढेर ३ सय ७४ दशमलब ३७ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेयता नेप्से तेस्रोपल्ट बढेको हो । आजको  हरियाली गत बिहीबारपछिको पहिलो हो ।

दिनभरीमा २३१ स्क्रिप्टका ३७ लाख ६५ हजार ५सय १६ कित्ता सेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भए ।

नेप्से दोहोरो अंकले बढ्दा ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । आँधिखोला लघुवित वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकमा पोजेटिभ सर्किट लागेको हो ।

कारोबार रकमको आधारमा नेपाल दुरसंचार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ११ करोड ७२ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भए । त्यस्तै नबिल बैंकको ४ करोड ३२ लाख ३५ हजार र अरुण भ्याली हाइड्रो पावरको ३ करोड ४४ लाख ७७ हजार रुपैयाँको सेयर किनबेच भए ।

कारोबारमा आएका १८९ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य भने घटेको छ । समूहगत उपसूचकहरु सबै हरिया भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूह ३.८९ प्रतिशतले बढेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्