काठमाडौं । विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सि.सि. क्यामेरा खरिद गर्दा अधिकतम २ लाखदेखि ५ सयसम्मका उपहार पाईने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक बितरक बिध म्यानेजमेन्टले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ । बजारमा अधिक रुचाइएको उक्त सि.सि. क्यामेरा कम्पनीले उपभोत्ताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो ।
बिध म्यानेजमेन्ट र दाहुवा ब्रान्डको आधिकारीक बिक्रेताद्धारा कम्तिमा ३० हजार बराबरको सि.सि.क्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो ।
यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, ईन्डक्सन चुल्हो, मिक्सर/ग्राईन्डर, स्मार्टमोवाईलदेखी हात खाली नजाने र एक हजार, ७ सय ५० र ५ सयका नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।
नेपालभरीका कम्पनीका आधिकारी डिलरहरुलाई समेत उनीहरुका बिक्रिका आधारमा थुप्रै योजनाहरु अघि सारेको छ ।
दाहुवा सि.सि.टि.भी. एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराईएको ब्रान्ड हो । यो बजारमा पाईने अन्य ब्रान्डको तुलनामा गुणस्तरिय, भरपर्दो, सस्तो र सुरक्षित छ ।
उपहारसँगै बिध म्यानेजमेन्टले घर/टोल तथा अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सि.सि.टि.भी.को प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मुल्य २५ हजार कायम गरेको छ ।
साथै बिध म्यानेजमेन्ट प्रालिद्धारा नेपालका ७७ वटै जिल्लाबाट बिक्रेताहरुलाई आधिकारिक डिलर बन्नका लागि आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्