Shikhar Insurance
National Life

२२ अर्ब वक्यौता नतिरेसम्म तेल दिन्नौं भन्दै भारतले दियो २ महिने अल्टिमेटम, मूल्य थप बढ्ने

सिंहदरबार संवाददाता
२०७९ असार ६, सोमबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तेल खरिद वापतको बक्यौता भुक्तानी नगरेसम्म नेपाल तेल नपठाउने चेतावनी दिएको छ । नेपाल आयन निगमले आइओसीलाई २२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सो पैसा तिर्न भारतले नेपाललाई २ महिने अल्टिमेटम दिएको हो ।

बाँकी रकम भुक्तानी भएपछि मात्रै आईओसीले नेपाल तेल पठाउने भनेको निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका वाणिज्य तथा आपुर्ति सचिव गणेश पाण्डेले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार आईओसीलाई निगमलाई २२ अर्बको ब्याज पनि तिर्नुपर्नेछ । वक्यौताको ब्याजदर साढे १२ प्रतिशत छ । असारका बाँकी दिनको समेत जोड्दा निगमले २५ अर्ब रुपैयाँ भुक्तानी गर्नु पर्ने अनुमान छ ।

निगमले आगामी महिना तेल बिक्रीबाट मासिक ४ अर्ब ७० करोड घाटा बेहोर्नेछ ।

यसो हुँदा अहिले भाउ बढाउनुलाई अन्तिम विकल्पका रूपमा लिइएको छ । भाउ बढाउँदा वक्यौता नघट्ने भएपनि नथपिने विश्वास निगमको छ ।

निगमले हरेक महिनाको ८ तारिख र २३ तारिखमा आईओसीलाई तेल खरिदको रकम भुक्तानी गर्दै आएको छ । असार मसान्तभित्रै बाँकी बक्यौता क्लियर गर्न अब निगमले आईओसीबाट खरिद गरेको मुल्य मै उपभोक्ताको पनि मूल्य कायम गर्नुपर्नेछ ।

हाल निगमले पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ७५१ रुपैयाँ १४ पैसा घाटा खाएर उपभोक्तालाई बिक्री गरिरहेको छ ।

जेठ महिनामै अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि निगमले ४ पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले खरिद मूल्यमै बिक्री गर्दा असार मसान्तसम्म पेट्रोलियम पदार्थको मूल्य २ सय १० रुपैयाँभन्दा बढी पर्न सक्ने देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्