Shikhar Insurance
National Life

लगानीकर्ताको आमरण अनसनले बढ्न सकेन नेप्से, साेमबार ४९.३१ अंककाे गिरावाट

सिंहदरबार संवाददाता
२०७९ असार ६, सोमबार १८:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचकमा पहिरो जाने क्रम जारी रहेको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारले सोमबार (आज) पनि निरन्तरता पाएको हो ।

सेयर बजार सुधार र विकासका लागि लगानिकर्ताहरु निरन्तर आमरण अनसन बसिरहेका छन् । अझै पनि सरकारले आन्दोलन प्रति कुनै चासो देखाएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ को विन्दुमा बन्द भएको छ । त्यस्तै सेन्सिटिभ इन्डेक्स ७.६६ अंकले घटेर ३६६.१९ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २३० स्क्रिप्टका ६१ लाख ८६ हजार ९ सय ४१ रुपैयाँमा खरिद बिक्री भए ।

नेप्से उच्च अंकले घटेपनि आधिँखोला लघुवित्त वित्तीय संस्था र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमको आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ । बैंकको ११ करोड ८३ लाख २० हजार रुपैयाँको सेयर खरिद बिक्री भए ।

त्यसैगगरि, नेपाल दुरसंचार कम्पनीको १० करोड ९२ लाख २६ हजार, हिमालयन डिस्टिलरी ५ करोड ७३ लाख ५५ हजार, एनआईसी एशिया बैंक ४ करोड ३५ लाख ७३ हजार र नवील बैंक ४ करोड ७ लाख ४४ हजार रुपैयाँमा सहित शीर्ष पाँच भित्र छ ।

आज कारोबारमा आएका ४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।

तेह्रथुम पावर कम्पनीको लगानीकर्ताहरुले सबैभन्दा धेरै १० प्रतिशतले गुमाएका छन् । त्यस्तै कालिका पावर कम्पनीका लगानीकर्ताले ९.३७ प्रतिशतले र रिभर फल्स् पावर कम्पनीले ९.२३ प्रतिशतले गुमाए ।

समूहगत उपसूचकहरु सबै राताम्य भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह ४.२८ प्रतिशतले घटेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्