Shikhar Insurance
National Life

नेप्से दोहोरो अंकले घटेर १८८१ नजीक आइपुग्यो, पुँजीकरण साढे २७ खर्ब कायम

सिंहदरबार संवाददाता
२०७९ असार ५, आईतवार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९ सय ३४ दशमलब ११ को विन्दुमा बन्द भएको हो ।

नेप्से अघिल्लो बुलिस ट्रेन्डको उच्चबिन्दु (१८८१) नजिक आइपुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लामो समयदेखि घटिरहेको नेप्से परिसूचक आज पनि घट्ने क्रमले निरन्तरता पायो । नेप्से घटेपनि आँधिखोल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

आज दिनभरीमा २२३ स्क्रिप्टका ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर १ अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको १० करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै एनसीसी बैंकको ५ करोड ६४ लाख ६३ हजार, सेञ्चुरी कर्मसियल बैंकको ४ करोड ८२ लाख २८ हजार, नबिल बैंकको ४ करोड ७ लाख ३९ हजार र एनआईसी एशीया बैंकको ३ करोड २४ लाख १४ हजार रुपैयाँ बराबर भएको छ । शीर्ष १० मा ५ वटा बैंक अटाएका छन् ।

आज रिभरफल्स पावर कम्पनीको लगानीकर्ताहरुले सबैभन्दा धेरै ९.५६ प्रतिशतले गुमाएका छन् ।

कारोबारमा आएका १३ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेका छन् भने २ कम्पनीको सेयर मूल्य स्थिर छन् ।

कारोबारमा आएको सबै समूहगत उपसूचक राताम्य भए । सबैभन्दा बढी हाइड्रोपावर समूहमा ३.८५ प्रतिशतको गिरावट आयो ।

बजार बन्द भएपछिको कुल पूँजीकरण २७ खर्ब ५७ अर्ब ५६ करोड १३ लाख ५२ हजार ३ सय ४३ रुपैयाँ कायम भएको छ । यसअघि नेप्से १८८१ अंकमा कायम हुँदा पुँजीकरण करिब २१ खर्ब रूपैयाँ थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्