काठमाडौं । देशका ७ वटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । प्रदेश नं. १, मधेश प्रदेश, बाग्मति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका अर्थमन्त्रीले आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका हुन् ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सो आकारको बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड बजेट प्राप्त हुने अनुमान छ ।
मधेस सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार, पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालुको आवको भन्दा १३ अर्ब रुपैयाँ ठूलो हो । अर्थमन्त्री शालिकराम जमरकटेलले आगामी आवको बजेटको कुल रकम मध्ये चालु खर्चतर्फ १९ अर्ब २९ करोड, पुँजीगत खर्चतर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरण तर्फ ८ अर्ब ३५ करोड र वित्तीय व्यवस्था तर्फ २ अर्बको बजेट करोड रूपैयाँ विनियोजन गरे ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख, पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँ, वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छुट्याएका हुन् ।
गण्डकीको बजेट आककार चालु आर्थिक वर्षकत्त भन्दा करिब ६ अर्बले बढी हो ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट बजेट प्रस्तुत गर्दै पुँजीगत बजेट २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ छुट्याइएको बताए । यो कुल बजेटको ५७. ४१ प्रतिशत हो । चालु खर्चका लागि १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यो कुल बजेटको ३१ .२६ प्रतिशत हो । वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैया छुट्याइएको मन्त्री खड्काले बताए । यो कुल बजेटको ११. ३३ प्रतिशत हो ।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
कुल बजेटमध्ये चालु खर्चको लागि ९ अर्ब १६ करोड ९९ करोड १० हजार, पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ, स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ छुट्याइएको छ ।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्षमा ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ। आगामी आवका लागि ल्याइएको बजेट चालु आवको भन्दा ६ अर्ब रुपैयाँले बढी हो ।
प्रदेशका अर्थमन्त्री प्रकाश थापाले आगामी आवको बजेटको कुल विनियोजनमध्ये चालु खर्चतर्फ १२ अर्ब २९ करोड, पुँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड, वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड र वित्तीय व्यवस्थातर्फ ३० करोड बजेट करोड रुपैयाँ विनियोजन भएको बताए ।
प्रतिक्रिया दिनुहोस्