Shikhar Insurance
National Life

‘सेयर बजार घटबढ नियमित प्रक्रिया हो, तर अहिले राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ता झुन्डिने दिन आयो’ (भिडियो)

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १३:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सेयर बजार तलमाथि जानु सामान्य प्रक्रिया भएपनि अहिलेको गिरावट नेपाल राष्ट्र बैंक भएको बताएका छन् । प्रतिनिसभामा बोल्दै उनले राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिको कारण यस्तो अवस्था आएको भनेर आवाज उठिरहेको बताएका हुन् ।

‘समान्य अवस्थामा सेयरबजार तल माथि हुन्छ । यो नियमित प्रक्रिया पनि हो । लगानी गर्नेले यो कुरा बुझनु पनि पर्छ,’ थापाले भने, ‘तर, कुनै अस्थिर नीति कारण बजारमा आएको हतासले अहिले विद्यमान र सम्भाव्य सबै लागानीलाई निरुत्साहित गर्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजारमा रहेको तरलता अभावले सेयर बजारमा समस्या ल्याउनु स्वभाविक हो ।

विगत लामो समयदेखि नेपालको सेयर बजार अस्थिर रहँदै आएको थापाको भनाइ छ । २०७८ भदौ २८ गते ३१ सय विन्दू माथि पुगेको नेप्से परिसूचक हिजो १९ सय तल झरेको छ । यस्तो परिघटनाले सेयरबजारको विश्वासनियतामा नकारात्मक प्रभाव पर्ने नै भयो ।

यो सँगसँगै धेरै साना लगानीकर्ता डुबेको भन्दै थापाले थपे, ‘प्रत्येक दिन १५/१० जना व्यक्ति सेयर बजारको बिषयमा गुनासो लिएर आउने गरेका छन । काठमाडौंका मात्रै होइन साना साना शहरका मान्छे पनि आउने गरेका छन ।’

दु:ख गरेर दुई पैसा जम्मा गरेर मान्छेहरुले सेयर बजारमा लगानी गरेको यथार्थ पेस गर्दै थापाले भने, ‘कोही झुन्डेर मर्छु भनिरहेका छन् भने कोही सडकमा आइपुग्यौ भनेर हारगुहार गरिरहेको अवस्था छ । त्यसैले सेयर बजारको बिषयमा यो संसदमा ध्यान आकृष्ट हुनै पर्छ ।’

उनले सेयरबजारलाई ठीक ठाउँमा ल्याउनै पर्ने, सहि दिशामा ल्याउनै पर्ने बताए । तर, नीतिकै कारण ४० लाख लगानीकर्ता सडकमा आइपुगेका छन यसको भार हाम्रो अर्थतन्त्रले थेग्न नसक्ने उनको भनाइ छ ।

‘घरघरमा विल्लीबाठ हुँदै गर्दा भोलि गएर यो बिषयले हामीलाई पिरोल्ला कि नपिरोल्ला ? त्यसैले सदनलाई यो बिषयमा जानकारी गराइयोस्,’ थापाले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्