काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आषार १ गते) सुनको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँम कारोबार भइरहेको महासंघले जनाएकको छ । अघिल्लो दिन छापावाल सुन ९७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने अघिल्लो दिनकै बराबरीमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
नेपाल सुनचाँदी महासंघले अज्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्