Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुमा २३ अर्ब निक्षेप थप, सीडी रेसीयोले सीमामा नाध्दा कर्जा प्रवाह सुस्त

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । चुनावमा खर्च भएको पैसा बैंकिङ प्रणालीमा फिर्ता आउँदा र असारको क्लोजिङ नजिकिएसँगै रवाणिज्य बैंकहरुको निक्षेप संकलन ह्वात्तै बढेको छ । जेठको २१ दिनमै वाणिज्य बैंकहरुले २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

स्थानीयतहको चुनाव गत बैशाख ३० गतेसम्पन्न भएको हो । सो समयमा वाणिज्य बैंकहरुसँग ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार जेठ २१ गतसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजेट खर्च बढ्नुका साथै चुनावमा झिकिएको पैसा पुनः प्रणालीमा आउने क्रममा निक्षेप बढेको हो । जेठ पहिलो साता निक्षेप संकलन ७ अर्ब, दोस्रो सातामा ६ अर्ब र जेठको तेस्रो साता ७ अर्ब रुपैयाँले निक्षेप थप भएको हो ।

निक्षेपमा क्रमिक सुधार हुँदै गएपछि वाणिज्य बैंकहरुले जेठको २ध्१ दिनमा २ अर्ब रुपैयाँ थप नयाँ कर्जा विस्तार गरेका छन् ।

गत बैशाख मसान्तसम्म कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले जेठ २१ गतेसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुर्याएका हुन् । जेठ २१ गतेसम्म वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसीयो) भने सीमाभन्दा माथि नै छ ।

संघद्वारा उपलब्ध तथ्यांक अनुसार वाणिज्य बैंकहरुले जेठ २१ गते सीडी रेसीयो ९०.२२ प्रतिशत कायम गरी कर्जा प्रवाह गरेका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्