Shikhar Insurance
National Life

इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार कहिलेसम्म रोकिन लागेको हो ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३०, सोमबार १४:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि सेयर कारोबार रोक्का भएको हो ।

मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६०औँ बैठकले मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिने सम्बन्धमा समझदारीमा हस्ताक्षर भएको हो । सोही निर्णयका आधारमा कारोबार रोक्काका लागि नेप्सेलाई आग्रह गरिएको हो । दुई बैंक एकापसमा गाभिएपछि सबैभन्दा ठूलो बैंक बन्नेछ । एकापसमा गाभिएपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी असोज मसान्तसम्म एकीकृत कारोबार गर्ने तयारी गरिएको छ । एकीकृत कारोबार सुरू भएपछि मात्र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ सिम्बलमा बजार खुल्नेछ ।

इन्भेस्टमेन्ट बैंकमा १०० कित्ता सेयर रहेको सेयरधनीको नयाँ बैंकमा १०० कित्ता नै र मेगाको १०० कित्ता धनीको ९० कित्ता रहने गरी सम्झौता भएको छ ।

दुई बैंक एक आपसमा गाभिएपछि बन्ने बैंकको कूल चुक्तापूँजी रु ३२ अर्ब ८१ करोड हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्