Shikhar Insurance
National Life

गाँजा बेचेर अर्थतन्त्र कायापलट गर्दै थाइल्याण्ड

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियाको पहिलो देश भएको छ । थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई आफ्नो स्वामित्वमा राख्न पाउने कानुनी प्रबन्ध गरे पनि धुमपानका रुपमा गाँजाको सेवनलाई निरुत्साहित गरेको छ ।

चिलिममा गाँजा सेवन गर्ने अम्मली पुरानो पुस्ताका निम्ति सरकारी घोषणा सपना झै भएको छ । बिहीबारदेखि गाँजा खेतीले वैधानिक मान्यता पाएपछि गाँजाको धुवाँमा रमाउने बुढो पुस्ताले विविधतायुक्त थाई ‘स्टिक’लाई सम्झेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशका जनस्वास्थ्य मन्त्रीको दश लाख गाँजाका विरुवा वितरण गर्ने योजनाले शुक्रबारदेखि थाइल्यान्डलाई झारपातको अद्भूत भूमिमा परिणत भएको ठानिएको छ ।

खाद्य तथा औषधि प्रशासन विभागले सबै विरुवालाई लागूऔषधको श्रेणीबाट हटाउन गरेको निर्णयले थाइल्यान्डलाई चिकित्सा र औद्योगिक प्रयोगको लागि गाँजालाई वैधानिक बनाउने एसियाको पहिलो राष्ट्र बनाएको छ तर उसले उरुग्वे र क्यानडाको पदचाप पछ्याएको छैन । उरुग्वे र क्यानडा त्यस्ता देश हुन् जसले मनोरञ्जनका रूपमा गाँजा सेवलाई राष्ट्रिय वैधानिकता दिएका छन् ।

गाँजामाथिको प्रतिबन्ध हटेपछि अब थाई नागरिकले निर्वाध गाँजाखती गर्न र त्यसको सेवन गर्न सक्छन् । उनीहरूलाई प्रहरी प्रशासनले कारबाही गर्नेछैन । तर त्यसो गर्नुअघि उनीहरूले दर्ता गर्नुपर्नेछ र गाँजाखेती औषधीय उद्देश्यका निम्ति भएको घोषणा गर्नुपर्नेछ ।

केही थाई कानुन व्यवसायीहरूले बिहीबार एउटा क्याफेमा गाँजा किनेर उत्सव मनाए । बुधबारसम्म उनीहरूका निम्ति त्यो वर्जित थियो । खुलेआम खरिद–बिक्रीको कल्पना पनि गर्न सकिन्नथ्यो । दर्जनौंको सङ्ख्यामा ब्याङकको हाइल्याण्ड क्याफेमा एकत्रित भएका उनीहरू उखु, बबलगम, पर्पल अफगानी र युएफओ नामका विभिन्न प्रकारका कोपिलाबाट बनेका ‘माल’ चयन गर्न पाएर दङदास थिए ।

“म चिच्च्याएर भन्न सक्छु, म एक गँजेडी हुँ । गाँजालाई अवैध लागूऔषधको रूपमा चर्चा गरिँदा मैले त्यसलाई विगतमा गोप्य राख्नु परेको थियो,” हाइल्याण्ड क्याफेका पहिलो २४ वर्षीय ग्राहक रित्तिपोङ बाचकुलले लुकीलुकी गाँजा सेवन गरेको सुनाउँदै भने ।

“जहाँसम्म सरकारको सवाल छ, चिकित्सा प्रयोगलाई बढावा दिनु उनीहरूको काम हो । अनि यो एकदम स्पष्ट छ कि हामी धेरै टाढा आएर अन्ततः यसको प्रयोगलाई वैधानिकता दिएका छौँ ।” सरकारले गाँजाका फाइदा र बेफाइदा राम्ररी बुझेको बताउँदै क्याफेका सहसञ्चालक एवम् लामो समयदेखि गाँजालाई वैधानिक बनाउने अभियानका कार्यकर्ता रत्तापोन सानराक भन्छन् ।

थाइल्याण्ड विविधतायुक्त गाँजा पाइने देशका रूपमा परिचित छ । ‘थाई स्टिक’ले चिनिने कडा गाँजाका फूलहरू सुकाइन्छ र लट्ठीहरूमा बाँधिन्छ । हाल विदेशमा हुर्किरहेका धेरै प्रजातिहरूको उत्पत्तिस्थल थाइल्याण्ड हो ।

गाँजाको धुँवामा लट्ठिएर मस्तराम हुने चाहनेहरूलाई भने थाइल्याण्डको सरकारले चेतावनी दिएको छ । र्वजनिकरूपमा गाँजा सेवनलाई अझै पनि अपराध मानिएको छ । कानुन उल्लङ्घन गरेमा तीन महिना कारबासको सजायसहित २५ हजार भाट जरिवाना तिर्नुर्नेछ । गाँजाबाट तेल निकाल्न मनाही गरिएको छ भने ०.२ प्रतिशतभन्दा बढी टेट्राहाइड्रोक्यानाबायोनिलको मात्रा भएमा त्यो दण्डनीय हुनेछ ।

चियाङ माई विश्वविद्यालयका विरुवा र माटो विज्ञान विभागका प्राध्यापक सरना सोम्मनो गाँजासम्बन्धी नयाँ कानून पारित भएपछि र नियमहरू स्पष्ट नभएसम्म पर्यटकहरूले सावधानीपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिन्छिन् । “यहाँ अझै जोखिमहरू छन्, गाँजालाई अब लागूऔषध मानिदैन तर यसको प्रयोगलाई नियन्त्रित गर्ने कुनै मन्त्रालयले नियम निकालेको छैन । यसको प्रयोगको सीमाबारे केही उल्लेख गरिएको छैन,” नयाँ प्रावधानबारे स्पष्ट योजना र तिनको व्याख्या नगरी मतदातालाई खुसी पार्न आफ्नो नीति हतारमा परिवर्तन गरिएको टिप्पणी गर्दै उनले भनिन् ।

विशेषगरी थाइल्याण्डले औषधीय उपयोगका निम्ति गाँजालाई बजारमा ल्याउन चाहेको छ । आफूसँग पहिलेदेखि नै राम्रोसँग विकसित ‘मेडिकल’ पर्यटन उद्योग छ भने देशको माटो र जलवायु गाँजाखेतीका निम्ति पनि उत्तिकै उपयुक्त छ ।

“हामीले गाँजाको प्रयोगबारे जान्नैपर्छ, गाँजा सुन जस्तै मूल्यवान वस्तु हो, यसको प्रचार गर्नुपर्छ,” गाँजाको प्रवद्र्धनमा लागेका जनस्वास्थ्य मन्त्री अनुटिन चार्नविराकुलले आफूहरूमा सही चेतना हुनुपर्नेमा जोड दिँदै भनेका छन् ।

थाई सरकारले गरेको नीतिगत नयाँ निर्णयबाट पुरोना कानुनअन्तर्गत लागूऔषध मुद्दामा पक्राउ परेकाहरू तत्काल लाभान्वित हुनेछन् । अन्तर्राष्ट्रिय औषधि नीति कन्सोर्टियमका एशिया क्षेत्रीय निर्देशक ग्लोरिया लाइले गाँजासम्बन्धी नयाँ कानुनले सकारात्मक परिणाम ल्याएको बताउँदै अब पुरानो कानुनअन्तर्गत अपराधी ठहरिएका चार हजार जनालाई काराकारमुक्त गरिने जनाएकी छन् ।

गाँजासम्बन्धी अपराधको आरोप लागेकाहरूबाट जफत गरिएको पैसा र गाँजा तिनीहरूका मालिकहरूलाई फिर्ता गरिने मानव अधिकार, स्वास्थ्य र विकासलाई समावेश तथा औषधि नीतिहरूको वकालत गर्ने विश्वव्यापी नागरिक समूहहरूको सञ्जालकी क्षेत्रीय निर्देशक उनले बताइन् ।

गाँजा र गाँजाखेतीसम्बन्धी नयाँ व्यवस्थाले थाइल्याण्डको आर्थिक विकाससँगै राष्ट्रिय आम्दानीदेखि साना किसानहरूको जीविकोपार्जनमा बढाउने अनुमान गरिएको छ तर त्यसबाट प्राप्त हुने लाभ समान रूपमा बाँडफाँट हुन्छ कि हुँदैन भन्ने चिन्ता पनि थपिएको छ ।

ठूला कम्पनीहरूले उत्पादनको अनुमति प्रमाणपत्रलगायत प्रक्रियागत कामका साथै व्यावसायिक प्रयोगका लागि चर्को शुल्क समावेश गर्ने प्रस्तावित नियमहरूबाट अनुचित रूपमा फाइदा लिन सक्ने चिन्ता पनि बढाएको छ जसले साना उत्पादकहरूलाई नराम्ररी पिरोल्न सक्नेछ ।

विपक्षी मूभ फर्वार्ड पार्टीका सांसद ताओपिपप लिम्जित्रकोर्नले केही प्रस्तावित नियमअन्तर्गत, गाँजा–सम्बन्धित उद्योगलाई केही ठूला कम्पनीहरूले नियन्त्रण गर्न सक्ने बताए । मादक पेय पदार्थ उत्पादक कम्पनीहरूले सानालाई दबाएको सन्दर्भ सुनाउँदै आफ्नो पार्टीले आउनसक्ने समस्या समाधानका लागि कानुन बनाउन चाहेको बताए ।

साना उद्यमी–व्यवसायी गाँजा व्यवसाय गर्न उत्सुक छन् । पूर्वी थाइल्याण्डको श्रीराचा जिल्लास्थित गोल्डेनलिफ हेम्प फार्मका मालिक इतिसुग हान्जिचन हालैको आइतबारको अति गर्मी दिनमा ४० जना उद्यमी, किसान र सेवानिवृत्तहरूलाई गाँजाखेतीसम्बन्धी आफ्नो पाँचौं चरणको प्रशिक्षणमा व्यस्त थिए । गाँजाखेती गर्न उत्सुक उनीहरूले खेतीका निम्ति आवश्यक ज्ञान हासिल गरी गुणस्तरीय उपज प्राप्तिका निमित जनही एकसय ५० अमेरिकी डलर शुल्क तिरेका थिए ।

प्रशिक्षणमा सहभागीमध्येका एक चनाडेच सोनबून पनि थिए जसले गोप्य रूपमा गाँजाको विरुवा उब्जाउन खोज्दा आफ्ना आमाबाबुबाट गाली खानुपरेको थियो । अठार वर्षीय उनका बाबुआमाको मन अहिले परिवर्तन भएको छ । उनीहरूले गाँजा रोप्ने छोरालाई दुव्र्यवहार गर्नुको सट्टा त्यसलाई औषधीको रूपमा लिएका छन् । चनाडेच परिवारले एउटा सानो होमस्टे र क्याफे चलाउँछ र एक दिन आफ्ना पाहुनाहरूलाई गाँजा पनि उपलब्ध गराउने आशा गरेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्