Shikhar Insurance
National Life

१० महिनामै बैंकले कमाए ६५ अर्ब : ग्लोबल नं. १, एनआईशी एसिया र नबिल पछिपछि

वाणिज्य बैंकहरुभन्दा मुक्तिनाथ विकास बैंक अगाडि
सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २८, शनिबार ०६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्त कम्पनीले ६५ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ५८ अर्ब ३३ करोड, विकास बैंकहरुले ५ अर्ब ७७ करोड र वित्त कम्पनीहरुले १ अर्ब करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

सो अवधिमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले खुद नाफा आर्जन गर्न सफल भएको छ । १० महिनामा सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंकहरुको सूचीको दोस्रो नम्बरमा एनआईसी एशिया र तेस्रोमा नबिल बैंक छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्लोबल आइएमई बैंकले चालु आवको वैशाख मसान्तसम्म ४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा एनआईसी एशियाले ४ अर्ब ११ करोड र नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँँ खुद नाफा कमाएको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १ अर्ब रुपैयाँभन्द कम नाफा गर्ने लक्ष्मी बैंकमात्र हो । सबैभन्दा कम लक्ष्मीले ९२ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको हो ।

सो अवधिमा ५ वटा वाणिज्य बैंकले ३ अर्ब रुपैयाँदेखि ४ अर्ब ३१ करोड रुपैयाँसम्म र २१ वटा वाणिज्य बैंकको १ अर्ब माथि ३ अर्ब रुपैयाँसम्म खुद नाफा आर्जन गरेका छन् ।

यसैगरी, चालु आवको १० महिनामा विकास बैंकहरुले पौने ६ खर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले कमाएको हो । विकास बैंकहरुतर्फ सबैभन्दा बढी खुद नाफा कमाउने सूचीको दोस्रो नम्बरमा गरिमा विकास बैंक र तेस्रोमा महालक्ष्मी विकास बैंक रहेका छन् ।

सो अवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब १४ करोड, गरिमा विकास बैंकले ८७ करोड र महालक्ष्मी विकास बैंकले ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । सो अवधिमा सबैभन्दा थोरै खुद नाफा गर्ने विकास बैंकहरुको सूचीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । बैंकले सो अवधिमा ८५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

सो अवधिमा राष्ट्रियस्तरका विकास बैंकले मुक्तिनाथले खुद नाफा कमाउनमा ३ वटा वाणिज्य बैंकहरुलाई समेत पछि पारेको छ ।

मुक्तिनाथ विकास बैंकले चालु आवको १० महिनामा खुद नाफा आर्जनमा लक्ष्मी, सिभिल र बैंक अफ काठमाण्डूलाई उछिनेको हो ।

यसैगरी, चालु आवको १० महिनामा वित्त कम्पनीहरुले १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा बढी बेस्ट फाइनान्स र सबैभन्दा कम मल्टिनेशनल फाइनान्सले खुद नाफा आर्जन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्