काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्जरमा सम्झौता भएको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।
‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाम राख्ने र स्वाप रेसीयो मेगाको ९० र इन्भेष्टमेन्टको १०० अनुपातमा मर्जर सम्झौतामा हस्ताक्षर भयो,’ अध्यक्ष शाहले सिंहदरबारसँग भने ।
शुक्रबार राजधानीको एक होटलमा आयोजित कार्यक्रमबीच दुबै बैंकका अध्यक्षले सो मर्जर सम्झौतामा हस्ताक्षर गरेको उनले जानकारी दिए ।
मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायव प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने गरी मर्जर सम्झौता गरिएको हो ।
हाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्