Shikhar Insurance
National Life

महिना दिनमै शोधान्तर घाटा २० अर्बले बढ्यो, वैशाख मसान्तसम्म व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्रा बढी भएपछि देशको शोधान्तर घाटा थप बढेको छ । चालु आर्थिक वर्षको १० महिना बैशाख मसान्तसम्म मुलुकको शोधान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा छ । यस्तो घाटा चैत मसान्तसम्म २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ थियो ।

एक महिनामै मुलुकको शोधान्तर घाटा २० अर्ब २४ करो्ड रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो आर्थिक वर्षको १० महिनामा मुलुकको शोधान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

यस्तै, समीक्षा अवधिमा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ रुपैयाँ ५१ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।
मुलुकको बढ्दो व्यापार घाटाका कारणले देशको शोधान्तर स्थिति र चालु खाता घाटामा गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

समिक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्