Shikhar Insurance
National Life

गगन थापासँग चुनाव लड्दै राधा पोखरेल, टिकट पाए एमालेबाट नभए ‘स्वतन्त्र’

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार ०९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर लगानीकर्ता तथा नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएकी छन् । प्रतिनिधि सभामा हरेक क्षेत्रको प्रतिनिधि हुनुपर्छ भन्ने मान्यता राख्दै पोखरेल काठमाडौं क्षेत्र नं. ४ बाट चुनाव लड्न लागेकी हुन् ।

काठमाडौं–४ नेपाली काँग्रेका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र पनि हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पोखरेल र उनका सहपाठीले स्थानीय चुनाव अघि देखि नै राधालाई संघीय सांसद बनाउने तयारी गरेका थिए । आगामी कात्तिक/मंसिरमा हुने संघीय निर्वाचनमा टिकट पाए आफू कार्यकर्ता रहेको नेकपा एमाले नभए स्वतन्त्रबाटै भएपनि उम्मेदवारी दिने पोखरेलको तयारी छ ।

पोखरेललाई एमालेले महोत्तरी क्षेत्र नं. १ बाट उठ्न अफर गरेको बताइएको छ । बर्दिबास उनको जन्मथलो पनि हो । तर, पोखरेलको काठमाडौं–४ को मतदाता नामावलीमा नाम भएकाले यहीँबाट उठ्ने जमर्को गरेकी छन् ।

पोखरेलले पनि चुनावमा उठ्ने कुरा सत्य भएको बताएकी छन् । सिंहदरबारसँगको संक्षिप्त कुराकानीमा पोखरेलले सहकर्मीहरूले पहिलेदेखि नै चुनाव उठ्न प्रेरित गरिरहेको बताइन् । उनले भनिन्, “साथीहरूले चुनाव लड्न भनिरहनु भएको थियो । मैले पनि उम्मेदवारी दिने मानसिकता बनाएको छु ।”

पोखरेलले संघीय चुनावमार्फत् निर्वाचित हुने प्रतिनिधि सभामा सबै क्षेत्रको प्रतिनिधि हुनपर्छ भन्ने मान्यता बोकेकी छन् । उनले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुलाई खुलेर साथ र सहयोग गरेकी थिइन् ।

पोखरेल सम्बद्ध स्रोतका अनुसार उनले संसदीय चुनावका लागि च्यानल तयार पारिसकेकी छन् भने उनका सहकर्मीले अभियान पनि चलाइरहेका छन् ।

पोखरेल राजनीतिक उच्च नेतृत्वसँग प्रत्यक्ष भेट गरी पुँजीबारको विषयमा ४ वर्षदेखि आवाज उठाउँदै आएकी नेतृका रूपमा परिचित छिन् । हालै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको गुनासो गरेकी थिइन् । लगत्तै गभर्नर महाप्रसाद अधिकारीलाई भेटी बजार मैत्री नीति ल्याउन अनुरोध गरेकी थिइन् ।

सो भेटको केही दिनमै अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार सुधार सुझाव समिति बनाएका थिए । सो समिति आफ्नै पहलमा बनेको पोखरेलको दाबी थियो ।

सेयर बजारबाहेक पोखरेलले महिला तथा बालबालिका, आर्थिक, सामाजिक क्षेत्रमा रहेका विकृति विसंगतिलाई खरो रुपमा उठाउदै आएकी छन् भने कोरोना, भुकम्प , बारा पर्सामा गएको हावा हुरी, विभिन्न ठाँउमा गईरहने बाढी पहिरो लगाएतबाट पिडित मानिसलाई सामाजिक अभियान्ताको रुपमा सहयोग गर्दै आएकी छिन् । पोखरेलले स्नातकोत्तरसम्मको अध्यन पुरा गरेकी छन् । अब राजनीतिमा लागेर देश बनाउन तथा सेयर बजारका समस्यालाई जरै देखि निर्मुल पार्ने पोखरेलको अठोट छ ।

सार्वजनिक रूपमा आफूलाई एमालेकै झण्डा बोक्ने कार्यकर्ताका रूपमा प्रस्तुत गर्ने पोखरेल पाए एमालेबाट नत्र स्वतन्त्रबाट काठमाडौं–४ मा चुनाव लड्ने योजना बनाएको स्रोत बताउँछ । सोही निर्वाचन क्षेत्रमा मुकुन्द घिमिरे ‘मुकुन्दे’ले पनि चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्