Shikhar Insurance
National Life

केन्द्र सरकारले प्रदेश राजधानी बनाउने जग्गा नै दिएनः मुख्यमन्त्री भट्ट

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार ०८:५५
Hyundai
NCELL
NIMB

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको स्थायी राजधानी बनाउन केन्द्र सरकारले जग्गा नदिएको गुनासो गरेका छन् । प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भट्टले राजधानी बनाउन केन्द्र सरकारले जग्गा नदिएको गुनासो गरेका हुन् । प्रदेश सरकारले कैलालीको गोदावरी क्षेत्रमा प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो । मुख्यमन्त्रीले भने, “पुरानो सोचाइ, चिन्तन, कार्यशैलीका कारण स्थायी राजधानी तोकिएको ठाउँमा काम अगाडि बढाउन सकिएन ।”

उनले हालसम्मको कामबाट प्रदेशको स्वास्थ्य क्षेत्र विगतको अवस्थामा सुधार आएको, सडक स्तरोन्नतिका साथै कृषि कार्यक्रम, बीउबिजन, शिक्षामा उल्लेखनीय सुधार भएको उनले बताए । संविधानअनुसार बन्नुपर्ने साझा अधिकारका नियम कानून बन्न नसक्दा र समयमै काम हुन नसक्दा केही समस्या सिर्जना भएको बताउँदै उनले भने, “यी विषयमा सङ्घीय सरकारले तदारुकता नदेखाएका विषयमा छलफल गर्न जरुरी छ ।”रासस

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्