Shikhar Insurance
National Life

कनिका छरे जस्तै बजेट बाढ्नु हुन्नः मुख्यमन्त्री राई

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार ०८:४६
Hyundai
NCELL
NIMB

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीय शासन व्यवस्थालाई बलियो बनाउन स्थानीय पालिका सफल हुनुपर्ने बताएका छन् । प्रदेश नं १ का स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको प्रमाणपत्र वितरण समारोहमा उनले सङ्घीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्व भएको धारणा राखेका हुन् ।

मुख्यमन्त्री राईले सङ्घीयताको जग नै स्थानीय तह भएको बताउँदै सबै जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले दुईदिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै जोश र होस पु¥याएर काम गरेमा सफलता अवश्यक प्राप्त हुने धारणा राखे । मुख्यमन्त्री राईले क्षमताभन्दा बढीको योजना छनोट गर्ने र टुक्राटुक्री योजनाका नाममा कनिका झैँ बजेट छर्ने दुवै काम उचित नहुने विचार राखे ।

“एउटा प्रसिद्ध भनाइ छ, ‘एकैसाथ दश औँलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन’, सबै काम एकैचोटि गर्छु नभन्नुहोस्, एउटा एउटा काम सक्दै लैजानुहोस्”, मुख्यमन्त्री राईले भने । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका १३७ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षलाई निर्वाचित भएकामा बधाई ज्ञापनसहितको प्रमाणपत्र प्रदान गरे ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्