Shikhar Insurance
National Life

३ दिनपछि रिटायर्ड हुँदै गिरी, भन्छन्ः बोर्डमै जागिर खाइरहने योजना छैन, सुझाव समितिमा पनि हुन्न

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १९:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले यही जेठ ३१ गते जागिरबाट अवकाश हुँदैछन् । गिरी अवकाश हुने समय नजिकिएसँगै उनी पुनः नयाँ जिम्मेवारी सहित बोर्ड फर्किने चर्चा समेत चुलिँदो छ ।

उनलाई बोर्ड अध्यक्ष हमालले सञ्चालक समितिबाटै निर्णय गराएर १ वर्षे करारमा नियुक्त गरी नयाँ जिम्मेवारी दिने चर्चा बाहिरीएको हो । तर, बोर्डमा सेवा अवधि सकिएपछि पुनः करारमा नफर्किने कार्यकारी निर्देशक निरज गिरीले सिंहदरबारको प्रश्नमा जवाफ दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘बजारमा अनेक चर्चा चलेका छन् ती गलत हुन्, ३१ गते अवकाशमा जाँदैछु, तत्कालै बोर्डमा फर्किने केही योजना छैन,’ उनले भने, ‘मलाई करारमा लिने भए त ३ दिन बाँकी रहँदा केही कुरा त हुनु पर्ने हो, अध्यक्ष ज्युले पनि यस विषयमा म सँग केही कुरै गर्नु भएको छैन ।’

बजारमा चलेको चर्चा नितान्त अड्कलबाजी मात्र भएको भन्दै बोर्डलाई आवश्यकता परे केही महिना पछि भने सहयोग गर्न आफू तयार रहेको उनको भनाइ छ ।

‘बस्दा बस्दै तत्कालै पुनः नियुक्ती लिनु राम्रो मानिँदैन, ७/८ महिना पछि बोर्डले केही हेर्न आइदिनु पर्यो, काम गर्दिनुस् भन्यो भने छुट्टै कुरा हो, तर, सकिएको भोलिपल्टदेखि नै फेरी जागिर खाने भन्ने विषय राम्रो होइन,’ उनले भने ।

अर्थमन्त्री जनार्दन शर्माले गरेको पुँजी बजार छानबिन समितिको समेत आफू संयोजक नभएको उनले स्पष्ट पारे ।

‘छाविन समितिको म संयोजक हो भनेर विभिन्न मिडियाले मेरो फोटो सहित समचार छापेका छन्, कार्यकारी निर्देशकको संयोजकमा भनिएको होला, तर म त ३ दिनमा रिटाएड हुँदैछु अन्य कार्यकारीको लाइनमा भएका साथीहरु संयोजक बन्नु होला,’ उनले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्