Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकद्वारा १३ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १९:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले १३ ‍औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले झापाको कमल गा. पा. वडा नं ०७ गेउरियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवा शुभारम्भ बैंकले मोबाइल एप मार्फत भएको छ ।

कमल गा. पा. वडा नं ०७ गेउरिया बस्ने सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०७ का वडा अध्यक्ष पृथ्विपती राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरेका थिए । कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं. १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायण प्रसाद निरौला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्