Shikhar Insurance
National Life

प्रमको ठाडो आदेशमा सुपारी-केराउ-मरिच-छोकडा आयातको बाटो राष्ट्र बैंकले खोल्यो, नगद मार्जिन अनिवार्य

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १४:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न नेपाल राष्ट्र बैंकले सजिलै डलर सटही सुविधा दिने भएको छ । केन्द्रीय बैंकले आफू मातहतका कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई एक परिपत्र जारी गर्दै सजिलै विदेशी मुद्रा सटही सुविधा दिन भनेको हो ।

बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै पुरानै व्यवस्था लागु गरेको हो । व्यवस्था अनुसार यी सामाग्री प्रयोग गर्ने उद्योगले सतप्रतिशत नगद मार्जिन राखेर आयात गर्न पाउनेछन् तर यी वस्तु औद्योगिक प्रयोजनका लागि आयात गर्नुपर्नेछ । बैंकहरूले यी वस्तु उद्योगको कच्चा पदार्थ रहेकोले उद्योग आफैंले आयात गरेका आधारमा सटही सुविधा दिन सक्ने भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले २०७८ फागुन २६ गते राजपत्रमा सूचना प्रकाशन गर्दै औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिस तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमतिका आधारमा उद्योगले यी सामाग्री आयात गर्न पाउने व्यवस्था गरेको थियो । सोही अनुसार आयात सजिलो बनाउन राष्ट्र बैंकले बाटो खोलिदिएको छ ।

उद्योगहरुले आफ्नै प्रयोजनका लागि उद्योग स्वयमले आयात गर्ने गरी राष्ट्र बैंकले डलर सटहीको अनुमति दिएको हो । राष्ट्र बैंकले चार प्रकारको हार्मोनिक कोड भएका वस्तुको आयातमा डलर सटही सहजीकरण गरिदिन बैंकहरुलाई दिर्नेशन दिएको हो ।

सरकारले विदेशी मुद्राको सञ्चिती घटेपछि अत्यावश्यकबाहेकका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । तर, प्रधानमन्त्रीको ठाडो आदेशमा खुलेको आयात र राष्ट्र बैंकको सहजीकरणले डलर सञ्चिति असहज स्थितिमा पुर्‍याउनेछ ।

गाडी आयात रोक्ने निर्णय ‘बल्ल’, मोबाइल र यी १० चिज पनि ल्याउन नपाइने (राजपत्रसहित)

यी हुन् आयातमा कडाइ गरिएका वस्तुहरू, नगद मार्जिन कुनमा १००% र कुनमा ५०% ? (सूची)

सुपारी आयात रोक्न संसदीय समितिको निर्देशन, आवश्यक छ/छैन बुझ्न उद्योगको अनुमगन गर्ने

सुपारी आयात खुल्ने भएपछि व्यापारी रिझ्याउन बैंकहरुको दौडधुप, शून्य जोखिममा कमिसनको दाउ

झापामै फल्छ नेपालको माग धान्ने सुपारी, आयात खोलेर किसानमारा काम गर्दै सरकार

GBIME

प्रतिक्रिया दिनुहोस्