काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन ९७ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । बिहीबार चाँदी अघिल्लो दिनकै बराबरी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्