Shikhar Insurance
National Life

महालक्ष्मी क्रमिक बचत खातामा १००० मै मुद्दतीको व्याजदर पाईने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाईरहेको बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर नयाँ बचत खाता सार्वजनिक गरेको हो ।

महालक्ष्मी क्रमिक बचत खाता नाम दिईएको यो खातामा एक हजार मै मुद्दती खाता खोल्न सकिन्छ । जसमा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सँवामा गाभि एकमुष्ठ रुपमा भुक्तानी गरिन्छ । योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा खातामा रकम जम्मा गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक महालक्ष्मी व्रmमिक बचत खाता खोल्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैंकले देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ । बैंकले भिसा ईएमभी चिप्समा आधारित ट्राभल कार्ड, ईकमर्श कार्ड, डलर कार्ड समेत जारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्