काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक तथा बीमा समिति जस्ता नियमनकारी स्वायत्त निकायको काम कारवाहीमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । यी निकायको स्वायत्तमा हस्तक्षेप नगर्ने भन्दै मन्त्री शर्माले काम कारवाहीको नतीजामा भने प्रश्न उठाउने बताए ।
नेपाल धितोपत्र बोर्ड ३० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘नियमनकारी निकाय आफैंमा स्वायत्त छ । तर, नियमनकारी निकाय काम कारवाहीको जवाफदेहिता भने हुनु पर्छ,’ कार्यक्रममा मन्त्री शर्माले भने, ‘अर्थ मन्त्रालयले राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता स्वायत्त निकायको काम कारवाहीमा हस्तक्षेप गर्ने मिल्दैन र गर्दैन पनि । तर त्यसको परिमाणको भने जवाफ माग्न मिल्छ, त्यसैले स्वायत्त निकायले जवाफदेहि हुने गरी काम गर्नुस् ।’
स्वमयत्त निकायलाई जवाफदेहिता बनाउने अधिकार अर्थमन्त्रालयसँग भएको हुँदा यस्ता निकायलाई जवाफदेही आफूले बनाउने उनको भनाइ छ ।
पुँजी बजारलाई अर्थतन्त्रको ऐना बनाउन स्वायत्त भनिएका निकायको कोशिष अपुग भएको उनले बताए । बीमा समिति, राष्ट्र बैंक र धितो्पत्र बोर्डलाई पुँजी बजारलाई सपोट गर्ने गरी नीति निर्देशन बनाएर कार्यन्वयन गर्न उनले निर्देशन दिए ।
‘मार्जिन लोनको समस्या के हो ? बजार विकासको लागि नियमनकारी संस्थाबीच समन्वयनकोखाँचो देखिएको छ, आपसमा सम्वयन गर्नुस् । राष्ट्र बैंक धितोपत्र बोर्ड र बीमा समितिको समन्यातमक अन्तरसम्बनधको लागि अपिल गर्छु,’ उनले भने, ‘‘नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिको आवश्यकता छ । त्यसैले, पुँजीबजारलाई अर्थतन्त्रको ऐना बनाउन अझै कोसिस गर्नुस् ।’
सो कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराए ।
उनले पुँजीबजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेका जानकारी दिए । पुँजीबजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरुलाई निर्देशन दिए ।
‘तालिम दिन जनशक्ती परिचालन गर्नुपर्यो,’ उनले भने, ‘अहिले यो अपर्याप्त भएको छ । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पुँजीबजारका बारेमा बुझाउने कुरामा कमी भएको छ ।’
पुँजीबजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधा गर्नुपर्ने, नविन प्रविधिको प्रयोग गरी सेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार संचालन हुनुपर्नेलगायतका बिषयमा मन्त्री शर्माले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्