Shikhar Insurance
National Life

एकातिर धितोपत्र बोर्डको एनिभर्सरी, अर्कातिर लगानीकर्ता प्रहरी खोरमा रातभरी

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २५, बुधबार १२:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । पुँजी बजार सुधारको माग राख्दै हडताल गर्दै आएका तिलक कोइराला बिरामी परेका छन् ।

असार १ देखि अनसन बस्ने घोषणा गरेका कोइराला धितोपत्र बोर्ड तथा नेप्से घेराउ कार्यक्रममा उपस्थित भएका थिए । सोक्रममा कोइरालासहित केही लगानीकर्तालाई प्रहरीले पक्राउ गरी रातभर हिरासतमा लिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगतमा पनि आन्दोलन र हडतालको नेतृत्व गर्दै आएका कोइराला अहिले आराम गरिरहेका छन् । उनले सामाजिक सञ्जालमा पुँजीबजारको सुधार माग्दा सिंहदरबार पुलिसमा रातभरको अमानवीय यातनाले बिरामी परेको जानकारी दिएका छन् ।

कोइराला बिरामी परेसँगै आन्दोलनको नियमित कार्यक्रम प्रभावित भएको छ । सेयर बजारमा संस्थागत तथा संरचानगत सुधारका लागि लगानीकर्ताहरूलाई आज ३ बजे माईतीघरमा भेला हुन उनले अनुरोध गरेका छन् ।

यता लगानीकर्तामाथि यातना दिइँरहँदा पुँजी बजारको हीतमा काम गर्ने अख्तियारी पाएको तथा नियमन गर्ने संस्था नेपाल धितोपत्र बोर्ड ३० औं वार्षिकोत्सव मनाइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्