Shikhar Insurance
National Life

‘कालोधन’ हुनसक्ने भन्दै सरकारले माग्यो १ करोडभन्दा बढी मूल्यको घरजग्गा किन्नेको विवरण

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २५, बुधबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । भूमी व्यवस्थापन तथा अभिलेख विभागले १ करोडभन्दा बढी मूल्यको घरजग्गा किन्नेको विवरण मागेको छ । घरजग्गा व्यवसायीले १ करोड रुपैयाँभन्दा बढीको घर जग्गा कारोबार गर्नेको जानकारी बुझाउनु पर्ने भएको हो ।

सरकारी प्रतिवेदनले घरजग्गा कारोबार सम्पत्ति शुद्धिकरणको दृष्टिकोणले जोखिमपूर्ण क्षेत्र भनेको छ । यस्तै नेपालको अन्तर्राष्ट्रिय पारस्परिक मुल्यांकन पनि भइरहेको छ । सोही कुरालाई मध्यनजर गर्दै घरजग्गा कारोबार गर्ने व्यक्ति तथा कम्पनीले सरकारलाई रिपोर्टिङ गर्नुपर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागको निर्देशनअनुसार घरजग्गा खदिर बिक्रीको व्यवसाय गर्ने व्यवसायीहरुले सम्पत्ति शुद्धिकरण निवारण ऐनको व्यवस्था अनुसार तोकिएको ढाँचामा सम्बन्धित मालपोत कार्यालयमा र सीमा तथा शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंकमा रहेको फाइनान्सियल इन्फरमेस युनिटले तोकेको ढाँचा, माध्यम र समयमा बुझाउनुपर्नेछ ।

नेपालमा घरजग्गा कारोबारलाई कालोधन सेतो बनाउने माध्यम भनिँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्