काठमाडौं । चुनावपछिको २० दिनमा वाणिज्य बैंकमा २० अर्ब रूपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार जेठ २० गतेसम्म बैंकको निक्षेप २० अर्ब २० करोडले बढेको हो ।
आर्थिक वर्ष सकिँदै जाँदा निक्षेप बढेको हो । तर, यो वृद्धपि विगतका वर्षको झैं उत्साहप्रद भने छैन ।
वैशाख मसान्तसम्म वाणिज्य बैंकमा कुल ४३ खर्ब ६९ अर्ब ७८ करोड रूपैयाँ निक्षेप थियो । जेठ २० सम्म यस्तो निक्षेप बढेर ४३ खर्ब ८९ अर्ब ९८ करोड पुगेको छ ।
बजेट खर्च बढ्दा तथा चुनावमा खर्च भएको पैसा प्रणालीमा फर्कने क्रमले निरन्तरता पाउँदा पछिल्लो साता ७ अर्ब रूपैयाँ निक्षेप थपिएको छ ।
यस्तै कर्जा प्रवाह २० दिनमा ४ अर्ब २४ करोडले बढेको छ । पछिल्लो साता वाणिज्य बैंकबाट प्रवाह भएको कर्जा २ अर्बले घटेको देखिन्छ ।
यता निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ९०.३२ कायम भएको संघले जनाएको छ । बैंकहरूले असार मसान्तभित्र यस्तो अनुपात ९० प्रतिशत भन्दा कम कायम गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्