काठमाडौं । नेपाल बैंकर्स संघ र फिन्टेलेक एड्भाइजरी सर्भिसेजबीच सहकार्य हुने भएको छ । संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय र फिन्टेलेकका प्रबन्ध निर्देशक शिरिष पाठकले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
फिन्टेलेक सम्पत्ति शुद्धिकरण तथा वित्तीय अपराध निवारण (एएमएल/सीएफटी) तथा वित्तीय अपराध अनुपालनको विषयमा विश्वव्यापी विज्ञ हो । सहकार्यले एएमएल/सीएफटी तथा आगामी एफएटीएफ म्युचुअल मुल्यांकनका लागि बैंकिङ क्षेत्रले गर्नुपर्ने पूर्वतयारीका लागि सहयोग गर्ने बताइएको छ ।
नेपाली अर्थतन्त्रको आधार बैंकिङ क्षेत्र सम्पत्ति शुद्धिकरण निवारण ऐन कार्यान्वयन गर्दै बैंकहरुले शंकाष्पद बैंकिङ कारोबार वित्तीय सुचना इकाइलाई रिपोर्ट गर्ने गर्छ । कोभिड महामारीपछि नेपालमा सम्पत्ति शुद्धिकरण र वित्तीय अपराध बढेको बताइन्छ । यसले बैंकहरुका लागि सम्पत्ति शुद्धिकरण निवारणका लागि विशेष सतर्कता अपनाउनुपर्ने परिवेश सिर्जना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्