काठमाडौं । सरकारले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा ‘व्यवहारिक’ नदेखिएकाले २ दिने बिदा दिने व्यवस्था खारेज गर्नुपरेको बताएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाँडले परिक्षणका लागि गरिएको व्यवस्था माटो सुहाउँदो नभएकाले खारेज गरिएको बताए ।
सोमबार बसेको मन्त्रिपरिषदले २ दिने बिदा खारेज गरी शनिबारमात्र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
१ महिना परिक्षण गरिएको व्यवस्था असार १ गतेदेखि खारेज हुनेछ । यस्तै व्यापार तथा निकास प्रवर्द्ध केन्द्रको रिक्त कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्