काठमाडौं । इम्बोस्ड नम्बर प्लेटको विषयमा सर्वसाधारणदेखि संसदसम्म व्यापक आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ । जेठ २० मा जारी गरेको सूचना पुरक मात्र भएको विभागले आफैंले गरेको गल्तीका कारण सर्वसाधारमा गलत सन्देश गएपछि माफी मागेको हो ।
जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ पछि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने र इम्बोस्ड नम्बर प्लेट जडान नगरेको पाइए कारबाहीको चेतावी दिएको थियो । त्यसको व्यापक विरोध पछि विभागले ५ पेज लामो वक्तव्यमार्फत माफी मागेको हो ।
तर, अहिले जारी गरेको सूचना ०७८ कात्तिकको सूचनाको निरन्तरता मात्र भएको विभागको भनाइ छ । जसअनुसार २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारीमा, २०७८ फागुन १ गतेबाट नामसारी गरिएका सवारीसाधनमा र २०७९ जेठ १ गतेबाट नवीकरण गरिने सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उल्लेख छ । तत्कालीन अवस्थामा नाम टुंगो लागिसकेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ५ प्रदेशका लागि यो व्यवस्था गरिएको थियो ।
विभागको वक्तव्य अनुसार २०७८ पछि बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका, फागुन १ पछि नामसारी भएका र २०७९ जेठ १ पछि नवीकरण भएका सवारीमा भने इम्बोस्ड अनिवार्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्