Shikhar Insurance
National Life

ए वान क्याफेको १९ औँ शाखा नीलोपुलमा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । ए वान क्याफेको १९ औँ शाखा काठमाडौंको सुकेधारास्थित नीलोपुलमा सोमबार देखि सुरु भएको छ । सुकेधारास्थित नीलोपुलमा खुलेको ए वान क्याफेको नयाँ शाखाको बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामाले उद्घाटन गरेका छन् ।

क्याफेको उद्घाटनमा सुकेधारा क्षेत्रका नवनिर्वाचित वडाहरुको समेत सहभागिता रहेको थियो । काठमाडौंसहित देशका विभिन्न स्थानमा गुणस्तरिय सेवा दिइरहेको ए वान क्याफे तथा बैंक्वेटले आफ्नै होटलसमेत विगत एक दशक लामो समय देखि निरन्तर रुपमा सन्चालन गरिरहेको छ । उद्यमशीलता, रोजगारीका लागि ए वान समूहले महत्वपूणर् योगदान पुर्‍याइरहेको मेयर अधिकारीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ए वान समूहका सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ भन्ने प्रतिबद्धताका साथ नीलोपुलमा पनि शाखा खोलिएको बताए । श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा ए वान क्याफेका १९ वटा शाखा होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् । क्याफेले उद्यमशीलता, रोजगारी र नेपाली उत्पादन बस्तुको प्रोत्साहनलाई प्राथमिकता दिएको उनले बताए ।

श्रेष्ठका अनुसार क्याफेले आर्थिक सामाजिक रूपान्तरण, स्वच्छ सफा गुणस्तरीय रमणीय वातावरण सहित सेवासहित पर्यटन प्रवर्द्धनको लक्ष्य लिइएको छ । नयाँ खुलेको शाखामा २०० बढीले एकैसाथ सेवा लिन सक्नेछन् ।

यो क्याफेमा विवाह, व्रतबन्ध, पार्टी, मिटिङ लगायतका लागि आवश्यक हल सहितको पूर्वाधार पनि रहेको छ । ए वानले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा ४ सय जनालाई रोजगारी प्रदान गरेको छ पाएका छन् भने १५० परिवार उद्यमशीलता र उत्पादनसँग जोड्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्