Shikhar Insurance
National Life

खर्बपति विनोद चौधरी भन्छन्– ‘मैले भनेपछि सरकारले आइतबारे बिदा खारेज गर्यो’

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका एकमात्र खर्बपति विनोद चौधरीले आफ्नो सुझावलाई सम्बोधन गर्दे सरकारले आइतबारे सार्वजनिक बिदा खारेज गरेको बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा उद्योगी चौधरीले सामाजिक सञ्जालमार्फत् सो बताएका हुन् ।

चौधरीले संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा आइतबार र शनिबार दुई दिन बिदा दिने सरकारको निर्णय व्यावहारिक नरहेको भन्दै सोको सम्शोधन गर्न सरकारलाई सुझाव दिएका थिए । इन्धन खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा नीति लागू गरेको छ । दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न सरोकारवाल पक्षबाट चर्को आलोचना भएपछि मन्त्रिपरिषदको बैठकले असार १ गतेदेखि सो नीति खारेज गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार खर्बपति चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, – ‘गत जेठ १० गते संसदको अर्थ समितिको बैठकमा आईतवार बिदा दिने भनी गरिएको निर्णय उचित नभएको विषय उठाएको थिएँ। सरकारले यसमा पुनर्विचार गर्दै असारबाट कार्यान्वयन नगर्ने निर्णय गरेकोमा हार्दिक धन्यवाद ।’

अर्थसमितिको बैठकमा चौधरीले सरकारलाई आइतबारको बिदाले अर्थतन्त्रमा पार्ने असरबारे बताउँदै इन्धन खपत घटाउन जोड बिजोड प्रणाली लागू गर्न सुझाव दिँदै आइतबारको बिदा खारेज गर्न भनेका थिए ।

‘नेपालमा श्रमको लागत बढी (लेबर कस्ट हाई) छ । उत्पादन कम छ । वर्षमा १६५ दिन बिदा पुग्न लागिसक्यो, बरु जोरबिजोर लागू गर्न सकिन्छ । तर दुई दिन छुट्टी प्रत्युत्पादक (काउन्टर प्रोडक्टिभ) हुन्छ ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्