काठमाडौं । नेप्से परिसूचक ओरालो यात्रा कायम नै रहेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक ४६.५९ अंकले घटेर २०२०.२३ को विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचकमा गिरावट आए पनि २ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो भने हिमालयन बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।
आज दिनभरीमा २३४ कम्पनीका ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भए ।
कारोबार रकमको आधारमा एनआइसी एशीय बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ६ करोड ११ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै कुमारी बैंकको ५ करोड ८८ लाख २४ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएका १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८१ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्से घटेको दिन सबै समुहगत उपसुचकहरु पनि राताम्य भएको छ ।
सरकारको बजेट विनियोजन पछि नेप्से परिसूचक २०० अंक भन्दा माथि घटिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्