काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन ९८ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसैगरि तेजावी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार ९७ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १२ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्