Shikhar Insurance
National Life

फोहोर व्यवस्थापनमा जटिलता थपिएपछि काठबासीलाई नै लौरो लगाउँदै मेयर बालेन साह

कुहिने/नकुहिने फोहोर नछुट्याए महानगरले संकलन नगर्ने
सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । विभिन्न चरणको प्रयासपछि पनि काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या आएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठबासीलाई नै लौरो नगाउने घोषणा गरेका छन् । सरकार र स्थानीयबीच भएको भएको सहमति नमान्ने भन्दै बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाइसकेका छन् । काठमाडौंको फोहोरले अन्य क्षेत्रका स्थानीयले रोगी भएर मर्नु नपरोस् भन्र्दै उनले काठबासीलाई अबदेखि कुहिने र नकुहिने फोहोर घरमै अलग/अलग राख्न भनेका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले काठ बासीलाई कुहिने र नकुहिने फोहोर अलग/अलग राख्नु अपिल गर्दै नछुट्याएको फोहोर महानगरले संकलन नगर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भनेका छन् ‘महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनस् एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ ।

यसबाट पर्न सक्ने असुविधाका लागि माफी माग्र्र्दै मेयर साहले नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘समाधान तपाईहरुको साथबिना सम्भव हुदैन । यसैले हामी आग्रह गर्छौँ कि अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन । अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ । महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनस् एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ । यो सूचना चाँडो भन्दा चाँडो फैलाउनका लागि आफ्नो परिवार, आफन्त र साथीहरुसँग यसबारेमा कुरा गर्नुहोला । हामी सबै एकै भएर फोहोर विरुद्धको मोर्चामा बनाऔँ ।’

यसअघि महानगरले गरेको कमजोरी वा गल्तिहरु आगामी दिनमा नदोहोर्‍याउने उनले बताए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि जेठ २३ गते शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

तर, उक्त सहमतिलाई नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका हुन्।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्