Shikhar Insurance
National Life

२६ अर्बको वैदेशिक लगानी स्वीकृत, तामाकोशी पाचौं र राहुघाट विदेशीलाई जिम्मा

एसेम्बल प्लान्ट बनाउने मोट्रेक्सलाई नेपाल भित्र्याउने काम अघि बढ्यो
सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २३, सोमबार २०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५१ औं बैठक आज सम्पन्न भयो । प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सम्पन्न  बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न  रु २५.९२ अर्ब बराबरको लगानी स्वीकृति गरेको छ ।

लगानी स्वीकृति हुनेमा रु १६ अर्ब ४५ करोड ९८ लाख  लागतको दोलखा जिल्लामा अवस्थित ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ र रु ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँ लागतको म्याग्दी  जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत परियोजना रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकले पश्चिम सेती र सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको  विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको अध्ययन समितिले पेश गरेको  सिफारिस सहितको प्रतिवेदन आवश्यकता अनुसार कार्यान्वयन गर्दै जाने साथै NHPC   Limited , Government of India Enterprise ले उक्त परियोजना वार्ता द्वारा कार्यान्वयनका लागि दिएको निवेदनका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको  विकासकर्ता कम्पनी GMR- Upper Karnali Hydropower  Company Ltd ले २४ महिना भित्रमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी शर्त सहित म्याद थप गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ । त्यसैगरी बैठकले Vehicle Manufacturing and Assembly Plant परियोजनाको विकासका लागि प्रस्तावक Motrex Co. Ltd. सँग वार्ता प्रकृया सुचारु गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले जलविद्युत क्षेत्रमा जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा संचालन गर्दा नेपालले गरेका अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुप वातावरणमैत्री प्रविधिहरुको अबलम्बन गर्न निर्देशन दिए । बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवर्द्धन लगायत अन्य गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्