Shikhar Insurance
National Life

‘राष्ट्र बैंकले सेयर बजार सिध्यायो’ भन्दै ४/१२ खारेजी र सीडी ९५ बनाउनुपर्ने राजेन्द्र मल्लको माग

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारका लाखौं लगानीकर्ता पलायन हुनुपरेको भन्दै सेयर बजार विरूद्धको नीति फिर्ता गर्न माग गरेका छन् । राजस्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले राष्ट्र बैंकले सेयर मार्केटलाई प्रभावित पार्ने नीति फिर्ता लिनु पर्ने बताएका हुन् ।

समितिले गरेको पोस्ट बजेट कार्यक्रममा मल्लले सेयर धितो कर्जामा ४/१२ करोडको नीतिले लाखौं लगानीकर्ता पुँजीबजारबाट पलायन भएको भन्दै नयाँ मौद्रिक नीति मार्फत् सो नीति हटाएर कम्तिमा ३–४ वर्षका लागि पुरानै व्यवस्थालाई निरन्तरता दिनु पर्ने माग गरे । उनले निक्षेप कर्जा अनुपात (सीडी रेसियो) लाई ९० बाट बढाए ९५ प्रतिशत पुर्याउनु पर्ने आवश्यकता रहेको सुनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मल्ले खुद्रा कारोबारको दायरा ५० लाखबाट १ करोड रुपैयाँ बनाउनु पर्ने, मौलिक उत्पादन, महिला उद्यमीका र कृषि उत्पादनमा ८% मात्रै भ्याट हुनुपर्ने, विद्युतीय गाडिको अन्तःशुल्क घटाउनु पर्ने लगायतका माग राखे ।

उनले शोधनान्तर स्थितिलाई मध्यनजर गर्दै आयातमा सहजीकरण गर्ने तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गरिनुपर्ने बतार् । यस्तै विनियोजित बजेटको त्रैमासिक समिक्षा हुनु पर्ने, सेवा क्षेत्रमा (बैंक तथा बिमा ) नयाँ कम्पनीलाई लाइसेन्स दिनुभन्दा ऊर्जा क्षेत्रमा नयाँ लगानी भित्र्याउने नीति चाहिएको बताए । यस्तै नयाँ कम्पनी स्थापना हुँदा नै ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत पब्लिकको लगानीमा हुनुपर्ने व्यवस्था गरिनुपर्ने माग गरे । सबै ठूला कम्पनी पब्लिकमा गए दोस्रो बजारमा कारोबार हुनुपर्ने नीति आवश्यक रहेको मल्ले औंल्याए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्