Shikhar Insurance
National Life

३ पल्ट बढ्ने प्रयास गरेपनि नेप्से घटेर २०६५ को बिन्दुमा, बजेटयता १५८ अंकको गिरावट

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । साताको पहिलो कारोबारमा पटकपटक बढ्ने प्रयास गरेको भएपनि हरियो भएर बन्द हुन नसकेको हो ।

कारोबार सुरू भएको केही समयपछि बढेको नेप्से लगत्तै घटेर दिनको सबैभन्दा तल्लो बिन्दु २०५४ अंकमा पुगेको थियो । त्यसपछि २ पल्ट सम्हालिने प्रयास गर्दा पनि नेप्से हरियो हुन सकेन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साताको पहिलो दिन नेप्से १२.९२ अंकले घटेर २०६५.७८ अंकमा आइपुगेको छ । यसक्रममा २२८ स्क्रिप्टका ४४ लाख ९ हजार कित्ता सेयर १ अर्ब २७ करोड रूपैयाँमा किनबेच भए । दिनभर कुल २५ हवार ९०८ कारोबार भयो ।

नेप्सेमा ०.६२ प्रतिशतको गिरावट आएको दिन ९७ कम्पनीको सेयर मुल्य घटे भने ८७ वटाको मूल्य बढेका छन् । उपकार सामुदायिक लघुवित्त र बलेफी हाइड्रोको मूल्यमा पोजिटिभ सर्किट लाग्दा ३८८ दिनपछि कारोबारमा आएको हिमालयन बैंकको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ । यस्तै महुली लघुवित्तका सेयरधनीले ७.६६ प्रतिशत गुमाए ।

यता समूहगत उपसूचक मिश्रित रहे । विकास बैंक, वित्त कम्पनी, लघुवित्त, उत्पादनमुलक, अन्य र म्युचुल फन्डको उपसूचक बढ्दा बैंकलगायत बाँकी ६ उपसूचक घटेका छन् । सबैभन्दा बढी गिरावट जीवन बीमा उपसूचकमा आएको छ ।

नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि ३.१२ अंकले घटेर ४००.३६ अंकमा आइपुग्यो ।

यसदिन सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भयो । कम्पनीको ८ करोड २४ लाखको सेयर किनबेच हुँदा एनआईसी एशिया बैंकको पनि पौने ७ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट ल्याएदेखि नेप्से १५८ अंकले घटिसकेको छ । नेप्से त्यसअघि देखि नै ओरालो यात्रामा थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्