Shikhar Insurance
National Life

“कच्चा तेल आयातको भन्सार महशुल शुन्य प्रतिशत भएमात्रै मूल्य घटाउन सक्छौं नत्र उद्योग संकटमा पर्छ”

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १९:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले कच्चा तेल आयातको भन्सार महशुल शुन्य प्रतिशत बनाउनु पर्ने व्यवसायीहरुले माग राखेका छन् । यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार महशुल घटाएमात्रै तेल उद्योगीहरूलाई परेको समस्या समाधान हुन सक्ने भन्दै नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सो माग राखेका हुन् ।

संघले सरकारसँग मुल्यवृद्धि करमा समेत ५० प्रतिशतले छुटको व्यवस्थाले उपभोक्ताहरुलाई चरम महंगीबाट बचाउन सकिने संघका अध्यक्ष सन्दिप कुमार अग्रवालले बताए । आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटले तेल उद्योगीहरूलाई परेको असरबारे संघद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले आयातमा भन्सार शून्य र मुल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिन माग गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘उपभोक्ताहरुलाई चरम महंगीबाट राहत दिन, तयारी समानभन्दा कच्चा पदार्थको कम्तिमा एक तह कमको भन्सार महशुल हुने नीतिलाई अबलम्बन गर्न र भारतबाट अनाधिकृत रुपमा आउने खाने तेल रोक्नका लागि कच्चा खाने तेलको आयातमा भन्सार महशुल शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिनुपर्छ,’ संघका अध्यक्ष सन्दिप कुमार अग्रवालले बताए ।

अहिले उद्योगीले कच्चा सोयाविन तेल, कच्चा सनफ्लावर तेल, कच्चा पाम र पामोलिनमा १० प्रतिशत भन्सार शुल्क तिरेर आयात गर्दै आएका छन् । भने, तोरीको गेडा आयातमा ५ प्रतिशत भन्सार शुल्क लाग्छ । तिर्दै आएको भन्सार शुल्कलाई शून्य प्रतिशत कायम गर्न सरकारसँग संघले माग राखेको हो ।

अहिले भारत सरकारले खाने तेलको भन्सार महशुल शून्यमा झारेको छ । जसले गर्दा नेपालकोभन्दा तेलको मूल्य भारतमा सस्तो हुन थालेको छ । त्यसैले नेपालले पनि भन्सार महशूल शून्यमा झारेमा नेपालबाट निर्यात हुँदै आएको तेलमा कमि नआउने संघको धारणा छ ।

नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुुलमा आयात गरी सो को प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । प्रशोधित तेलमा आयात महसुल १५ प्रतिशत थियो जुुन कच्चा पदार्थ भन्दा एक तह मात्र बढी छ ।

हाल सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटबाट केही उद्योगहरु लाई प्रशोधित पाम र पामोलीन तेल आयात गर्न ५ प्रतिशत भन्सार महसुल, अर्थात साविकको व्यवस्था मा ६६.६७ प्रतिशत छुट दिई तयारी माल भन्दा कच्चा पदार्थको भंसार महसुल एक तह कम हुने नीतिले औद्योगिक विकासमा गम्भीर असर पुर्याएको अग्रवालको भनाइ छ।

कच्चा पदार्थमा तिर्दै आएको १० प्रतिशत भन्सार महसूलभन्दा तयारी सामानमा ५ प्रतिशत महशुल तिर्दा सरकारको राजश्वमा गम्भिर असर पर्न जाने भन्दै अग्रवालले सरकारको स्थानिय उद्योगलाई वढावा दिने र तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने नीतिको विरोधाभास रहेको बताए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रशोधित तेलमा ५ प्रतिशत भन्सार शूल्क कायम गर्दा आन्तरिक उद्योग संकटमा परेको बताए ।

‘‘प्रशोधन तेल आयातमा ५ प्रतिशत र कच्चा तेलमा आयातमा १० प्रतिशत भन्सार शुल्क न्यायोचित भएन, यसले गर्दाे आन्तरिक बजार बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सरकारले यसमा गम्भिर तरिकाले अध्ययन गरेर भन्सार शुल्क परिमार्जन गर्नुपर्छ,’ उनले भने, ‘भारतबाट आयात गर्दा बढी भ्यालु एडिसन गर्नेलाई बढी प्रोत्साहन र कच्चा पदार्थ ल्याउँदा महँगो र तयारी वस्तु ल्याउँदा सस्तो पर्ने अवस्था छ, सरकारले यो व्यवस्था खारेज मात्रै होइन, कच्चा पदार्थ आयातमा पनि छुट दिनु पर्छ ।’

सरकारले कच्चा तेलमा १० प्रतिशत भन्सार शुल्क लिँदै आएकोमा शून्यमा नझारे नेपालको उद्योग संकटमा पर्ने उनको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्