काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाटअन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा कार्यक्रमको आयोजना गरिएको हो । लमजुङ शाखा कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएको थियो ।
बीमाको महत्व, बीमा दाबी भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरे ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्