Shikhar Insurance
National Life

राधा पोखरेलले प्रधानमन्त्रीसामु गरिन् राष्ट्र बैंकको ‘कम्प्लेन’, देउवाले अधिकारीलाई देलान् त दबाव ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १४:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । राधा पोखरेल नेतृत्वको सेयर लगानीकर्ताहरूको संस्था नेपाल पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु नेपाल राष्ट्र बैंकको कम्प्लेन गरेको छ । राष्ट्र बैंकको नीतिको कारण सेयर बजार घटेको भन्दै पोखरेलले देउवासामु नीतिबाट फिर्ता लिन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई दबाब दिन अनुरोध गरेकी हुन् ।

पूँजीबजार ओरालो लाग्न थालेपछि संघले प्रधानमन्त्रीलाई चार बुँदे ज्ञापनपत्र बुझाएको हो । संघले सेयर धितो कर्जामा लगाइएको ४/१२ को क्यापलाई खारेज गर्नुपर्ने, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत दर १०० कायम गर्नुपर्ने र बैंकहरुको कर्जा पूँजी निक्षेप (सिसिडी) गणनालाई कर्जा निक्षेप अनुपात कायम गरिएकोमा यसलाई खारेज गरी पूनः सिडी रेसियो नै कायम गर्नुपर्ने माग गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघले पुँजी बजारको विकास र विस्तारका गरि सात प्रदेश र ७७ जिल्लामा पुर्याउन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने पनि माग गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्