Shikhar Insurance
National Life

वातावरण दिवसका अवसरमा खुकुरी रमले गर्यो ५ प्रतिवद्धता, बोतलहरु पुनः प्रयोगमा ल्याउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १३:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । खुकुरी रमले विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि ५ प्रतिवद्धता गरेको छ । नेपाली ब्रान्ड खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिजले आफूले निकाल्ने फोहोर आगामी ३ वर्षभित्रमा शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउनेसहितको प्रतिबद्धता गरेको हो ।

हाल कम्पनीले उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले हामी सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने बताएको छ । अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

खुकुरी रमले आफ्ना बोतलहरु पुनः प्रयोग गर्ने बताएको छ । कम्पनीले हाल उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको छ । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत कम्पनीले अग्रसर हुने बताएको छ । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।

कम्पनीले हाल ग्रीन इनर्जीमा समेत काम गरिरहेको बताएको छ । आगामी तीन वर्षभित्रमा कम्पनीले ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्ने दाबी गरेको छ ।

एनडिपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको छ । आगामी दिनहरुमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता कम्पनीको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्