Shikhar Insurance
National Life

“छोरी” संस्थामा रहेका दिदी बहिनीहरूलाई एनएमबि बैंकले दियो वित्तीय शिक्षा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १३:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैह्र सरकारी संस्था “छोरी”मा आवद्ध दिदी बहिनीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले आयोजना गरेको कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीको उपस्थिति थियो ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदि बहिनीहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो । कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थि र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगतका वर्षहरु देखी नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि विभिन्न समूहहरु लक्षीत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । छोरी संस्थाका दिदि बहिनीहरुलाई गरिएको कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । बैंक र छोरी संस्था दुवैले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एशिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले उक्त पत्रिकाबाट २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्