काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबारको दिन सुनचाँदीकै मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन ९८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन ९८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्