Shikhar Insurance
National Life

दलित अधिकारकर्मीको नाममा बन्ने सर्वजित बनाउन प्रेम आलेले पाँच महिनाको तलब दिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २१, शनिबार १७:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो ।

चलचित्रको बालुवाटारबाटनै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् । उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । सो चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सर्वजित’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाखको लागत अनुमान गरिएको छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्