Shikhar Insurance
National Life

लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन–२०७९ शुरु

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २१, शनिबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालयका ब्यवस्थापन समूह सहित ९० वटा शाखा प्रमुखहरुको उपस्थितीमा २ दिने ब्यवस्थापन सम्मेलन शुरु भएको छ । २०७९ ज्येष्ठ २१ गतेबाट आयोजना गरिएको सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले आरम्भ गरेका हुन् ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृतले देशको वर्तमान आर्थिक ब्यवस्थालाई ध्यानमा राख्दै विधमान तरलता समस्यालाई आत्मसात गर्दै चालु आ.व.२०७८/७९ को समीक्षा सहित आगामी आ.व.२०७९/८० को लागि ब्यवस्थापकिय रणनिति तथा कार्र्ययोजना तर्जुमा गर्नुपर्ने र तरलता ब्यवस्थापनको लागि दिगो स्रोतको पहिचान गर्नुपर्ने कुरा ब्यक्त गरे । बस्तु परिस्थिती अनुकूल रहि रणनैतिक योजना तयार पारी सीमित स्रोत बीच लक्ष्य हासिल गर्नुपर्ने आजको आवश्यकता रहेको र स्रोतको उच्च सुदुपयोगलाई ध्यान दिनुपर्ने कुरा ब्यक्त गरे । “डिजिटल लघुवित्त हाम्रो सपना” लाई मूर्त रुप दिन आगामी कार्ययोजना डिजिटल यात्रामा अग्रसर हुन थप मार्गदर्शन प्रदान गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चुक्ता पूँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौँ महानगरपालिका वडा नं.३ कपनमार्ग, महाराजगंजमा रहेको छ । वित्तीय संस्थाले हाल ७ वटा प्रदेशमा ५७ वटा जिल्लामा सञ्चालित ९० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । लघुवित्तले ग्राहकलाई छिटोछरितो, विश्वासिलो, भरपर्दो र न्यून लागतको प्रविधिमैत्री डिजिटल सेवाहरु प्रदान गर्न ई–सेवा,कनेक्ट आईपीएस, खल्ति र लक्ष्मी लघुवित्त एप्स कार्यान्वयनमा ल्याईसकेको छ भने ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यसै आर्थिक वर्षभित्र मोवाईल बैँकिङ्ग सेवा सुविधाको प्रारम्भ हुने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्