Shikhar Insurance
National Life

ग्लोबल आइएई बैंकमार्फत् बैंकिङ कसूर गर्ने ईन्द्रकुमार राइ पक्राउ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार २०:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएई बैंकमार्फत् बैंकिङ कसुर गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित ग्लोबल आइएमइ बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम भन्ने जानी–जानी चेक काट्ने ईन्द्रकुमार राइलाई प्रहरीले पक्राउ गरेको हो ।

खोटाङ घर भई हाल भक्तपुरस्थित थिमीमा बस्ने ईन्द्रकुमार राइले भक्तपुरस्थित ग्लोबल आइएमइ बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेपछि उक्त कसूरमा मुद्दा परेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उच्च अदालत पाटनको वैशाख ५ को फैसलाले राईलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चार दिन कैद र १६ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।

त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज काठमाडौँको चाबहिलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्