Shikhar Insurance
National Life

सरकारले बजेट सार्वजनिक गरेपछि साता मै डेढ सयले ओरालो लाग्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १५:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले बजेट सार्वजनिक गरेपछि नेप्से साता मै करिब डेढ सय बिन्दुले ओरालो लागेको छ । आइतबार बजेट सार्बजनिक भएपछि सोमबार सेयर बजारको पहिलो कारोबार भएको थियो । सरकारको बजेट सार्वजनिक पछि सेयर बजारमा एक साता बित्दा एक दिन पनि सुधार आउन सकेन ।

साताको अन्तिम कारोबार शुक्रबारको दिन पनि नेप्से परिसूचकले ओरालो यात्रा कायम नै राखेको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अंकले घटेर २,०७८.७० को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज दिन भरिमा २२६ कम्पनीका ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँमा खरिदबिक्री भए ।

नेप्से परिसूचक घटेपनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

शक्रबार किसान लघुवित्त वित्तीय संस्थाका सेयर धनीले भने सबैभन्दा बढी ८.९५ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक पहिलो स्थामा रहेको छ । बैंकको ६ करोड २३ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिद/बिक्री भए ।

त्यसैगरि सिटीजन इन्भेष्टमेन्ट ट्रस्ट ४ करोड २ लाख रुपैयाँ सहित दोस्रो र हिमालयन डिस्टिलरी ३ करोड ८४ लाख १६ हजार रुपैयाँको सेयर कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।

आज कारोबारमा आएका १७ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

शुक्रबार कारोबारमा आएका सबै समुहगत उपसूचकहरु घटेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्