काठमाडौं । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न उर्दी जारी गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै यी दुवै प्रदेशमा दर्ता भएका सवारीसाधनमा असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न भनेको हो ।
इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो ।
बागमती प्रदेशको एकान्तकुना र गर्जुधारा तथा गण्डकीका पोखराबाट इम्बोस्ड नम्बरप्लेज जडान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्